‘संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ’ « Khabarhub

‘संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ’


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालको संविधान २०७२ ले सबै वर्गको अधिकार सुनिश्चित गरेको यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । संविधान दिवस मूल समारोह समितिले आज यहाँ आयोजना गरेको संविधान दिवस २०८० कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानले दिएको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिए।  

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले संविधान सबैको साझा सम्पत्ति भएकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘संविधानले सबै वर्गको अधिकार सुनिश्चित गरेको छ । यसलाई सबैको सम्पत्तिका रुपमा कार्यान्वयन गर्नुपर्छ ।’  उनले संविधानले दिएको अधिकार सुनिश्चित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘दलहरु एक अर्कालाई आरोप प्रत्यारोप नगरी संविधान कार्यान्वयनको दिशामा लाग्न जरुरी रहेको छ ।’ बागमती प्रदेशसभा सदस्य माया श्रेष्ठ र हरिप्रसाद सापकोटाले संविधान कार्यान्वयनका चरणमा रहेकाले सरकार, राजनीतिक दल र नागरिक समाज सबै एक हुनुपर्ने बताए । जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संविधान कार्यान्वयनमा ल्याइनुपर्ने उनीहरूको भनाइ थियो । 

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र) का द्रोणबाबु सिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष कृष्ण भुसालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरू समाधान गर्दै अघि बढ्नुपर्ने बताए । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतले बोलेका थिए । 

कार्यक्रमअघि भरतपुरको चौबिसकोठीबाट जिल्ला समन्वय समितिसम्म प्रभात फेरि निकालिएको थियो । संविधान दिवसका अवसरमा आजै भरतपुर अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरणसमेत गरिएको छ । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : ५५ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना