कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका « Khabarhub

कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

चितवन– खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पुराएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँका अनुसार साबिक कठार गाविस अहिलेको खैरहनी नगरपालिका–१० र ११ पर्दछ । त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय परिवारले मात्र स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । जीवनपुर खानेपानी आयोजनामार्फत त्यहाँ पानी वितरण हुँदै आएको छ । प्रमुख खनियाँले भने , ‘यसै आर्थिक वर्षभित्र कठारका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउँदैछौँ ।’ सो क्षेत्रमा खानेपानी पुर्‍याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि बढाउँदैछ ।

अन्य क्षेत्रमा खानेपानीको पहुँच अधिकांश भागमा पुगेको छ । कुनै ठाउँमा छिटपुट नपुगेको भए त्यहाँसमेत खानेपानी पुर्‍याएर पूरै नगरलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने उनले बताए । नगरपालिका–१ ज्यामिरेमा केही भागमा खानेपानी पुग्न बाँकी रहेको छ । खानेपानीको पाइप नपुगेका उपशाखाहरुमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरेर पाइपलाइन विस्तार गरी पानी पुर्‍याइँदै छ ।

कतिपय घरहरुमा मानिस नभएकाले खानेपानी जोड्न बाँकी रहेको छ । नगरभित्र अहिले ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, ‘यस वर्ष सबै घरमा खानेपानी पुर्‍याएपछि हामी विपन्न परिवारलाई लक्षित गरी लिटर तोकेर निःशुल्क गर्नेछौँ ।’ नगरभित्र रहेका खानेपानी आयोजनाहरुलाई समन्वय गर्ने गरी एउटा समिति निर्माण गरी खानेपानी वितरणलाई व्यवस्थित गरिँदै छ । नगरपालिकाभित्र खैरहनी, भुतिया, कंकाली, पटिहानी, सुन्दर, सिद्धिपुर, जीवनपुर लगायतका खानेपानी आयोजना रहेका छन् । 

तीमध्ये खैरहनी सबैभन्दा ठूलो खानेपानी आयोजना हो । यसले करिब ६ हजार परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ । यसको पूर्ण क्षमता करिब १३ हजार घरपरिवार रहेको छ ।

खैरहनी नगरपालिकामा ६७ हजारभन्दा बढी जनसङ्ख्या रहेका छन् । सो मध्ये ३५ प्रतिशत थारू समुदाय रहेका छन् । पछिल्ला वर्षहरूमा तीव्र विकास भइरहेको नगरमध्येको एक नगरपालिका खैरहनी हो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : १२ बजे

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा