भारतमा एक नेपालीको मृत्यु « Khabarhub

भारतमा एक नेपालीको मृत्यु


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबहादुर शाह रहेका छन्।

 भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु प्रहरीले जनाएको छ। भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सीमावर्ती क्षेत्र हो।

शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।

उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : ५९ बजे

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो