कञ्चनपुरमा अहेबमाथि कुटपिट « Khabarhub

कञ्चनपुरमा अहेबमाथि कुटपिट


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले कुटपिट गरेका छन् ।

केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै असोज २ गते राति ड्युटीमा रहेका गैरेमाथि अस्पताल आएका व्यक्तिले ‘टाँका लगाउने धागो किन नभएको’ भन्दै कुटपिट गरेको जनाएको छ ।

गैरेमाथि आक्रमण गर्ने बेलौरी–३, गोकुलपुरका रामु भनिने रामबहादुर खड्का रहेका छन् ।

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ ।

कुटपिटपछि पनि अहेबले घाइतेको उपचार गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

घटनाबारे उजुरी गर्न बुधबार बिहान इलाका प्रहरी कार्यालय पुग्दा पीडितप्रति नै आक्षेप लगाउने खालको प्रतिक्रिया दिएको र दिउँसोसम्म पनि आक्रमणकारीलाई पक्राउ नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

दोषीलाई कानुनी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ३० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु