मण्डनदेउपुर नगरपालिकामा बिहीबार पनि बिदा | Khabarhub Khabarhub

मण्डनदेउपुर नगरपालिकामा बिहीबार पनि बिदा


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेको मण्डनदेउपर नगरपालिकाले भोलि बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । बुधबारनगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको जारी सुचनामा उल्लेख गरिएको छ ।

‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा त्यस क्रममा तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गत कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बस्दा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ।

मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए । आज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : २० बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी