ईश निन्दाको आरोपमा पाकिस्तानमा इसाई दम्पत्ति पक्राउ « Khabarhub

ईश निन्दाको आरोपमा पाकिस्तानमा इसाई दम्पत्ति पक्राउ


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ईश निन्दाको आरोपमा इसाई दम्पत्ति पक्राउ परेका छन् ।

पाकिस्तानको लाहोर सहरमा इस्लाम धर्मग्रन्थ कुरानको अपमान गरेको आरोपमा उजुरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हर्बन्सपुरा क्षेत्रमा बसोबास गर्ने तैमुरका अनुसार फलफूल पसलमा सामान किन्दै गर्दा माथिबाट कुरानका पाना फ्याकिएको देखेपछि ती इसाई दम्पत्तिविरुद्ध उजुरी दर्ता गरिएको थियो ।

प्रहरीले शौकात मसिह र उनकी श्रीमती किरनविरुद्ध ऊजुरी दर्ता गराएको छ । उनीहरुविरुद्ध पाकिस्तानी अपराध संहिताको धारा २९५ बी अनुसार कारवाही अघि बढाइने जनाइएको छ । उनीहरुविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानमा ईश निन्दाको झुठो आरोपमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन बढेको बताइएको छ । मानव अधिकारवादीहरुले भने पाकिस्तानमा ईश निन्दा कानूनको दुरुपयोग बढेको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : ४० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने