शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताएका छन् ।

पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उनले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि भई सामाजिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेकाले यसमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने, पूँजी परिचालन तथा अर्थतन्त्रलाई गतिशील बनाउने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले पार्टीले अवलम्बन गरेको आदर्श नीतिले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्त्व रहेको बताउँदै मुलुकमा गरिबी निवारणका लागि औद्योगीकरण गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले देशभर गर्न लागिएको समाजवाद जागरण यात्रामा जनताको समस्यालाई प्राथमिकता दिएर उनीहरूको सेवालाई केन्द्रमा राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले राष्ट्रियताको संरक्षण, जनजीविका, पूर्वाधारको निर्माण तथा विकास र समृद्धिका विषयमा सबैको साझा दृष्टिकोण हुनुपर्ने बताए ।

दलहरूबीच हुनसक्ने ध्रुवीकरणले मुलुकको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउँदै उनले समान लक्ष्य र प्रष्ट वैचारिक दृष्टिकोण भएका शक्तिबीच एकता गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : ४२ बजे

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले