गाजा क्षेत्रका अस्पताल पनि छैनन् सुरक्षित | Khabarhub Khabarhub

गाजा क्षेत्रका अस्पताल पनि छैनन् सुरक्षित


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारको रात गाजाको अस्पतालमा भएको विस्फोटमा चार सय ७१ जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन्। प्यालेस्टाइनी पक्षले इजरायलले आक्रमण गरेको जनाएको छ। अर्कोतर्फ इजरायली सेनाले भुलवश प्यालेस्टाइनी सेनाको रकेट विस्फोट भएकाले सो दुर्घटना भएको जनाएको छ।

अल अहली अरब अस्पतालसमेत रगताम्मे भएको छ। विस्फोट र ठुलो झट्काका कारण मानिसका आफ्ना लुगा त चिन्न नै नसकिने भएका छन्। नजिकै रहेको कार पार्क गर्ने स्थानमा सहियौ कारहरू पार्क गरिएका थिए। ती सबैबाट धुवाँको मुस्लो निस्की रहेका छन्।
यो दृश्य साँच्चै पीडादायक छन्। अन्तर्राष्ट्रिय मानवतावादी कानुनले संरक्षण गरेको सो स्थानमा के भएको भन्ने सबैलाई चासो जागेको छ।

‘हामी सुरक्षित हुने ठानेर घर छाडेर यहाँ आएका हौं। यहाँ पनि हामी विस्फोटमा परेका छौं,’ विस्फोटमा बचेकी एक महिलाले भनेकी छन्।

चिकित्सकले दिएको जानकारी अनुसार त्यहाँका पीडितहरू ज्यान जोगाउन अस्पतालमा शरण लिएर बसेका नागरिक नै थिए। ठुलो विस्फोटमा परेर मुस्किलले बाँचेको एक जनाले बताए। अनुसार विस्फोट हुँदा उनीहरू भुइँमा बसीरहेका थिए। हमासले आक्रमण गरेपछि इजरायली सेनाले उत्तरतर्फ भाग्न निर्देशन दिएको थियो।

गाउँमा भने धेरै जना प्रौढहरू हिँड्न नसकेका कारण अल्झिएका छन्। धन्न उनीहरू भने अझै बाँचेका छन्। उनीहरू यातायातको पनि सुविधा नभएका कारण दक्षिणतर्फ नै रहेका हुन्।

स्थानीय जीवितले नै अहिले मृतकको शरीर जम्मा गर्ने र घाइतेको उपचार गर्ने काम गरिहेका छन्। केहीलाई मोटरसाइकलमा राखेर तीन किलो मिटर पररहेको सिफा अस्पतालमा लगिएको छ। अर्का एक जनाले विस्फोटको समयमा केही सुनेको जस्तो भए पनि के थाहा नभएको बताएका छन्।

त्यो विस्फोट पछि पनि उनी अर्को विकल्प नभएका कारण अस्पतालमा नै फर्किएका थिए। उनले दोस्रो विश्व युद्धपछिको अवस्थाको सम्झना गर्दै सन् १९४८ को अवस्था सम्झिएका थिए। त्यस समयमा भएका अरब इजरायल युद्धका कारण हजारौँ प्यालेस्टाइनी घर छाडेर हिँड्न विवश भएका थिए।

सुरक्षित स्थानको रूपमा सूचीकृत हुनुका बाबजुद विश्व स्वास्थ्य सङ्गठनले उत्तरी क्षेत्रका अल अहली अरबसहित २० अस्पतालको अवस्था खराब रहेको तथा कर्मचारी सचेत रहनु पर्ने जनाएको छ।

संयुक्त राष्ट्र संघले अन्य विविध समस्या औँल्याएको छ। त्यहाँ धेरै बिमारीको चिन्ताजनक अवस्था, एम्बुलेन्सको अभाव, ओछ्यानेकोसमेत अभाव भएको जनाइएको छ।

अहिले मानवीय संवेदनाको सवालमा समेत ती स्थान संवेदनशील छन्। यसरी समस्या बढी रहेको समयमा अन्तर्राष्ट्रिय क्षेत्रको भने गाँजामा चासो बढेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले गाँजाको क्षेत्रमा बढी चासो दिएका छन् ।

उनले गाँजामा बढ्दै गएको मानवीय संकट समाधानका लागि इजिप्टका राष्ट्रपतिसँग समेत यस बारेमा सल्लाह गरेका छन्।

तेल अभिभको भ्रमणको क्रममा वाइडेनले हमासको आक्रमणको प्रतिकार गर्ने अधिकार इजरायलसँग पनि भएको प्रतिक्रिया दिएका छन्। उनले पनि गाँजाको अस्पतालमा भएको विस्फोटको कारण इजरायल नभएको जनाएको छ।

वाइडेनले पनि प्यालेस्टाइनी रकेट विस्फोट भएका कारण नै सो दुर्घटना भएको इजरायली दाबीको समर्थन गरेका छन्।

तेल अभिभबाट फर्कने क्रममा वाइडेनले इजिप्टका समकक्षी अब्दुल फताह अल सिसीसँग इजरायलमा सहयोग गर्ने बारे सल्लाह गरेका हुन्।

सङ्कटमा परेका प्यालेस्टाइनी नागरिकका लागि एक सय मिलियन अमेरिकी डलर सहयोग गर्ने पनि जनाएका छन्।

अमेरिकी राष्ट्रपति वाडेनले इजरायललाई पनि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सात अक्टोबरको दिन हमासले गरेको आक्रमणमा एक हजार चार सय जना भन्दा बढीको ज्यान गएको छ। सोही दिनदेखि गाँजामा तनाव बढी रहेको छ। इजरायलले गरेको प्रत्याक्रमणमा पनि कम्तीमा तीन हजार जना मारिएको समाचार छ।

प्यालेस्टाइनका आधा भन्दा बढी नागरिकले आफ्नो वासस्थान छाडेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टबाट उत्तरतर्फ गएको खाद्यान्न सहयोगमा कुनै अवरोध सिर्जना नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफ्नै सीमाबाट भने पार हुन नदिने जनाएका छन्। बिहीबार नै बेलायती प्रधानमन्त्री ऋषि सौनुक पनि इजरायलको भ्रमणमा पुग्ने कार्यक्रम छ।

वाइडेनकै मतमा सेप्टेम्बर ११ को पेन्टागन आक्रमण र हमासको आक्रमण एक आपसमा जोडिएका छन्।

उनकै मतमा आक्रमण र क्षतिको मात्रामा फरक भए पनि घटना उस्तै प्रकृतिका हुन्। उनले सेप्टेम्बर ११ पछि अमेरिका न्यायको सवालमा तल्लीन भएको बताउँदै अहिले पनि यसमा कुनै कसर बाँकी नराख्ने जनाएका छन्।

वाइडेनले इजरायलको भ्रमण पनि जोर्डनको भ्रमण गर्ने योजना बनाए पनि अस्पतालको विस्फोट पछि सो भ्रमण रद्द गरेका हुन्। उनले दुई पक्षीय समझदारीमा निर्णय फेरिएको बताए। स्रोतः बीबीसी

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : १६ बजे

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

मध्यविन्दु– सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट