बिच भलिबल : त्रिभुवन आर्मी कवल र लिटिल बुद्ध उपाधिका लागि भिड्दै « Khabarhub

बिच भलिबल : त्रिभुवन आर्मी कवल र लिटिल बुद्ध उपाधिका लागि भिड्दै


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमी भिड्ने भएका छन् ।

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो ।

त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफबेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त गर्नेछन् ।

यहाँस्थित नेपाली सेना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा गत असोज २९ गतेदेखि पहिलो पटक महाकालीको बगरमा बिच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना थियो ।

शुक्लाफाँटादेखि झोलुङ्गे पुल हुँदै भाइरल रोड लगायत यहाँका पर्यटकीय क्षेत्रको खेल पर्यटनका माध्यमबाट प्रचार प्रसार गर्न लागिएको हो । खुलातर्फ त्यसैगरी द्धितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत हुनेछन् ।

त्यसैगरी भेट्रान (चालिस वर्ष भन्दामाथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिमले रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले पुरस्कार राशि प्रायोजनसमेत गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ३२ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे