कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना « Khabarhub

कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडा दशैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र  ‘क्यास अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।       

नेपाली बैंकिङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको कुमारी बैंक लिमिटेडको क्यास अफर योजनाले महान चाड दशैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५%  अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक दिइने छ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरू आगामी  कार्तिक ६ देखी  कार्तिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । साथै, कुमारी बैंक लिमिटेडले बडा दशैँ को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरूलाई थप आकर्षक सुविधा सहित  ‘क्यास अफर’ सँगै ‘बडा दशैँ दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ  मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलो १४०० जना ग्राहकहरूलाई बैंकद्वारा रु ५०क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्यनतम कारोबार रु १०० हुनुपर्नेछ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो वृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ११ : १४ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक