सप्तरीका शक्तिपीठमा भक्तजनको भीड « Khabarhub

सप्तरीका शक्तिपीठमा भक्तजनको भीड


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

राजविराज– नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै सप्तरीका विभिन्न धार्मिकस्थलहरुमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ ।  

मधेस प्रदेशको सप्तरीस्थित छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको शक्तिपीठ दर्शनार्थीको चहलपहल  बढेको छ । जिल्लाका दुई शक्तिपीठसहित यस वर्ष भने विभिन्न मन्दिरमा पनि दर्शनार्थीको चहलपहल  भइरहेको छ ।

नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि नै ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पूजापाठ गर्नका लागि आउने गरेको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।

विजयीदशमी सुरु भएको आज छैटौँ दिन हजारौँको सङ्ख्यामा भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजन आएको उनले जानकारी दिए। छिन्नमस्ता भगवती मन्दिरमा छिमेकी मुलुक भारतबाट समेत दैनिक हजारको सङ्ख्यामा यहाँ श्रद्धालु भक्तजन आउने गरेको छिन्नमस्ता मन्दिरका पीठाधीश एवं मूल पुजारी महाकान्त ठाकुरले बताए।

यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा रहेको कङ्कालनी भगवती मन्दिरमा भक्तजनको निकै भीड लागेको छ । पूर्व–पश्चिम राजमार्ग छेउमा अवस्थित सो मन्दिरमा पनि घटस्थापनादेखि आज छैटौँ दिन बिहानदेखि मन्दिरमा लाइनमा बसेर भक्तजन पूजाआजा गरिरहेको नगरप्रमुख वीरेन्द्र माझीले जनाकारी दिए। 

महानवमीका दिन यहाँ पशु बलि हुने दिन लाखौँको सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्दछ । नवमीका दिन अत्यधिक भीडका कारण भक्तजनलाई हुने असुविधालाई ध्यानमा राखी व्यवस्थित रुपमा यहाँ स्वयंसेवक परिचालन गर्नाका साथै मन्दिर क्षेत्रमा सरसफाइ गरिनाका साथै मन्दिरलाई सिङ्गारिएको मन्दिर विकास समितिका सचिव प्रभु मण्डलले जानकारी दिए।

मन्दिर विकास समितिका सचिव मण्डलका अनुसार कङ्कालिनी मन्दिरमा पूजा गर्ने भक्तजनको अत्यधिक घुइँचो हुन नदिन पूजा गर्नेहरूको छुट्टै पङ्क्ति र खसीबोका बलि दिने भक्तजनको छुट्टै पङ्क्ति लगाउने व्यवस्था गरिएको छ ।

महानवमीका दिन राँगा बलि हुने महिषासुरको परिसरमा राँगाको पङ्क्ति लगाउने छुट्टै टोली, बलि प्रदान गराउने छुट्टै टोली र राँगा तानेर बाँधसम्म पुर्‍याउने छुट्टै टोलीको व्यवस्था गरिएको मन्दिर विकास समितिले जनाएको छ  ।

मन्दिरमा पूजा गर्ने भक्तजनको सुविधाका लागि गाउँका अत्यधिक सङ्ख्यामा युवा परिचालन गर्ने गरिएको छ  । छिमेकी मुलुक भारतबाट समेत दैनिक कङ्कालनी मन्दिरमा दर्शनार्थी दर्शन गर्न आउने गरेका छन् । 

विजया दशमीका अवसरमा  छिन्नमस्ता भगवती र कङ्कालनी मन्दिरमा बलिसमेत गरिने हुनाले भारतको विहार र नेपालको राजधानी काठमाडौँसहित विभिन्न ठाउँबाट दर्शनका लागि भक्तजन यहाँको शक्तिपीठमा आउने गरेका छन् ।

यस्तै, सप्तरीको सदरमुकाम राजविराजमा रहेको भगवती मन्दिर, राजदैवी मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । घटस्थापनाका दिन शुभसाइतमा गहुँ, जौको जमरा राखी विजयदशमीको दिन माता भगवतीलाई अपर्ण गरी प्रसादका रुपमा लगाइने गरेको छ ।

गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको पण्डित मृकुन्जाइ झाले बताए। नवरात्रिसम्म पूजा गरेर अनुरित जमराको रस बनाएर खानाले विभिन्न रोग निको हुने बताउँदै पौराणिक मान्यताअनुसार निधारमा विजयस्वरुप टीका लगाएर जयरा शिरमा राख्दा शिरको पीडा मानसिक अशान्तिबाट टाढा हुने उनको भनाइ छ ।  

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ०३ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ