बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण | Khabarhub Khabarhub

बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेको एक सामुदायिक वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा आन्तरिक करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको संकेत देखिएको छ ।  

बाघले कुनै पनि विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको पशु चिकित्सक डा श्रेष्ठले जानकारी दिए। ‘उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशंकामा शवपरीक्षण गरिएको थियो, तर परीक्षणमा बाघको मृत्यु मानिसले मारेको नभई आफ्नै केही रोग र भोकका कारणले मरेको देखिएको छ’, डा श्रेष्ठले भने। 

जङ्गलमा पानीको खाडल नजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोकोजस्तो देखिने, मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृतावस्थामा फेला परेको जनाइएको छ । 

मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार बाघको मृत शरीरबाट नमूनाहरू संकलन गरेर परीक्षण गरिएको थियो । संकलन गरिएका नमूनाहरूको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिए।

गत असोज १० गते बाँकेको राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएको थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ०८ बजे

हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प

वासिङ्टन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको

अर्थमन्त्री बने एमालेका विष्णु पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका

ट्राफिक प्रहरीद्वारा बागलुङमा एक करोड बीस लाख राजस्व संकलन 

ढोरपाटन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

पर्वत– सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए

केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ