आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै | Khabarhub Khabarhub

आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ ।

एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो ।

गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिए ।

सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर रु ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उनले बताए ।

“विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत छन्”, उनले भने, “कक्षा ९ र १० का ४१ विद्यार्थीमध्ये करिब २० जना विद्यार्थी कुखुरापालनमा छन् ।”

गाउँपालिकाबाट प्राप्त अनुदानलाई आयमूलक क्षेत्रमा लगानी गरी कोष वृद्धि गर्दै जाने योजना छ । हप्तामा एक दिन विद्यार्थीको पालो आउने गरी कार्यविभाजन गरिएको छ ।

यस विद्यालयबाट एसईई पास गरेर अन्य विद्यालय जाँदा प्राविधिक धार र व्यावसायिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आधारभूत तहबाट प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरेको हो ।

गत असारको ६ गते दुई सयवटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र तीन महिनामै बिक्री गर्न लायक भएको प्रअ गुरुङले बताए । “६० वटा जति कुखुरा बिक्री गरिसकिएको छ”, उनले भने, “भाले प्रतिगोटा रु आठ सय र पोथी रु सात सयमा बिक्री गर्ने गरिएको छ ।”

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको सो विद्यालयले जनाएको छ ।

कुखुरापालनबाट आएको मुनाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिए ।

विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  २ : ०२ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले

विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी संगठनको माग

काठमाडौं– सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी