आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यको ख्याल गर्नुपर्ने छ । मन अशान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि ठूलाे फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ ।

मिथुन : मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुनेछ । आज कतै घुमफिरको योजना बन्नसक्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : मन अशान्त र निराश हुने जोखिम छ ।  साना कुरामा विवाद गर्नु भन्दा थोरै बोलेर आफ्नो काम गर्नु राम्रो हुनेछ । शान्तिका लागि बिहान उठेर पिपलको दर्शन गर्नु फाइदाजनक हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : आज काममा अवरोध हुने सम्भावना छ । ठुलो लगानी गर्नु भन्दा दैनिकी चलाएर रमाउनुपर्ने बाध्यता छ । शिक्षामा अल्छीपन बाधक बन्नसक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कन्या : लगानीका क्षेत्रबाट लाभ हुनेछ । साथीहरुले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । छोटो दूरीको यात्रा तय हुनेछ । धर्ममा मन जानेछ ।

तुला : सोचेर गरेको काम सहज बन्नेछ । साथीभाइको साथले शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । यात्रामा मन शान्त बन्ला ।

वृश्चिक : दिन सुखमय बन्नेछ । थोरै लगानी गरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । दैनिकी शान्तसँग बित्नेछ । दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । अनावश्यक विवादमा नफसकेको राम्रो हुनेछ । थोरै बोल्दा फाइदा हुनेछ ।

मकर : सोचेका काम बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिको साथमा गरेको काम सहजै सम्पन्न हुनेछ । परिवारले भन्दा साथीले तपाईंको कामको प्रशंसा गर्नेछन् ।

कुम्भ : व्यवसायबाट फाइदा हुनेछ । मिष्ठान्न भोजन हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने योग छ ।

मीन : धन लाभ हुने योग छ । व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ । सहकर्मीबाट साथ मिल्नेछ । स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ५५ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका