प्रकृति संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ : वनमन्त्री डा महतो « Khabarhub

प्रकृति संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ : वनमन्त्री डा महतो


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले प्रकृति संरक्षण र वन्यजन्तु संरक्षणलाई अझ प्रभावकारी बनाउन तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको बताएका छन् । ललितपुरमा आज आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा महतले वातावरण, प्रकृति र वन्यजन्तु संरक्षणमा कोषले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन मन्त्रालयले तीन तहका सरकारसँगको समन्वयमा आवश्यक कार्ययोजना अघि बढाउनेमा विश्वास व्यक्त गरे  ।

“वातावरण र प्रकृति संरक्षण तथा वन्यजन्तु व्यवस्थापनमा कोषले मन्त्रालयसँग मिलेर प्रभावकारी काम गरिरहेको छ”, वनमन्त्री महतोले भने, “संरक्षणको माध्यमबाट नेपाललाई विश्वभर परिचित गराउन कोषले महत्वपूर्ण भूमिका खेलेको छ, अझै धेरै काम गर्न बाँकी छ । तीन तहको सरकारसँग समन्वय गरेर संरक्षणलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन योजनाबद्ध कार्यक्रम अघि बढाउन जरुरी छ ।” मन्त्री महतोले प्राकृतिक, जैविक विविधताको संरक्षका साथै वन्यजन्तु संरक्षण गर्दै त्यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, “संरक्षित क्षेत्र र संसारमा नभएका जीवजन्तु हामीसँग छन् यी पर्यटनका आधार हुन् । विभिन्न मुलुकबाट वन्यजन्तु हेर्न पर्यटक नेपाल आउने गरेका छन् । यसबाट मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुगेको छ ।” मन्त्री महतोले मुख्य चुनौतीका रुपमा रहेको वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापन गर्दै यसलाई संरक्षित र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गरे ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना जावलाखेलमा ज्येष्ठ नागरिक र बालबालिकालाई भ्रमणका लागि महानगरले ‘सटल’ बसको व्यवस्था गर्न लागेको जानकारी दिए । सदर चिडियाखानाको व्यवस्थापन र वन्यजन्तुको संरक्षणमा महानगरले सहकार्य गरिरहेको र आगामी दिनमा यसलाई फराकिलो बनाएर लैजाने विश्वास व्यक्त गरे । सो अवसरमा मुख्यसचिव डा वैकुण्ठ अर्यालले प्रकृति संरक्षणलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीचको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे ।

उनले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्दै संरक्षणको कामलाई आधुनिक र वैज्ञानिक तवरले अगाडि बढाइनुपर्नेमा जोड दिए । कोषका सदस्यसचिव डा कृष्णप्रसाद ओलीले जैविक विविधता र वन्यजन्तु संरक्षण गर्दै प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनमा कोषले भूमिका खेलेको उल्लेख गरे । कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले जैविक विविधताको संरक्षण र वन्यजन्तु संरक्षणमा कोषले स्थापनाकालदेखि महत्वपूर्ण भूमिका खेलेको बताए ।

सो अवसरमा प्रकृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति मनबहादुर गुरुङलाई रु एक लाख २५ हजार र संस्थामा नेपाल वातावरण पत्रकार समूहलाई रु ६५ हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै संरक्षणको क्षेत्रमा योगदान गरेको भन्दै नेपालस्थित अमेरिकी बेलायत र जापानी राजदूतावासलाई कदरपत्रद्वारा सम्मान गरिएको छ । हिमाल सफाइ र प्रकृति संरक्षणमा योगदान गरेको नेपाली सेनालाई पनि कदरपत्रबाट सम्मान गरियो भने कोषमा ३० वर्ष सेवा गरेका ३२ कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ४९ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक