एनआरएनएको चुनावी प्रक्रिया स्थगित « Khabarhub

एनआरएनएको चुनावी प्रक्रिया स्थगित


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चुनावी परिणामलाई लिएर विवाद भएपछि एनआरएनएका वर्तमान अध्यक्षहरु कूल आचार्य, रविना थापा र बद्री केसीले निर्वाचन प्रक्रिया थप अघि नबढाउन सर्कुलर जारी गरेका हुन् ।

निर्वाचन कमिटीले बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम घोषणा गर्दै डा. बद्री केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने बताएका थिए । उनीहरुले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिएका थिए ।

उनीहरुले विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको आरोप लगाएका छन् ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ०२ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा