पाकिस्तानभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने अधिकारकर्मीको माग | Khabarhub Khabarhub

पाकिस्तानभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने अधिकारकर्मीको माग


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तामा महिला अधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरुले मुलुकभर विवाहका लागि साझा न्यूनतम उमेर तय हुनुपर्ने माग गरेका छन् । पाकिस्तानका विभिन्न प्रान्तहरुमा विवाह गर्नका लागि न्यूनतम उमेर फरक फरक रहेको भन्दै उनीहरुले यसलाई समान बनाउनुपर्ने बताएका हुन् ।

पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानको महिला आयोगकी अध्यक्ष निलोफर बख्तियारले मुलुकका सबै प्रान्त र सबै धर्म मान्नेलाई मान्य हुने व्यवस्था हुनुपर्ने बताइन् ।

‘पाकिस्तानमा महिलाका लागि विवाहको न्यूनतम उमेर १८ वर्ष हुनुपर्छ भन्ने मेरो सुझाव हो, तर पञ्जाब र अन्य केही प्रान्तहरुमा यो उमेर १६ वर्ष रहेको छ । न्यूनमत उमेर इसाई र पारसी धर्ममा पनि फरक छ । दुर्भाग्यवश मुलुकमा बालविवाह न्यूनीकरणका लागि ५ पटक विधेयक प्रस्तुत भएका छन् तर कुनै पनि अघि बढेका छैनन् ।’ उनले भनिन् ।

सबैलाई मान्य हुनेगरी विधेयक संशोधन गर्न आफू प्रयासरत रहेको उनको भनाइ छ । उनले बालविवाह न्यूनीकरण गर्ने विधेयक पारित गर्न मुलुकमा रहेका धार्मिक शक्तिले भाँजो हाल्ने गरेकोसमेत आरोप लगाइन् ।

त्यसबाहेक मुलुकमा व्याप्त आर्थिक एवम् सामाजिक समस्याका कारण दशौँ लाख बालिकाहरु विद्यालय आउन नसकेको उनले बताइन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ४९ बजे

पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी

एजेन्सी – भारतले जारी लडाईंमा पाकिस्तानका सैन्य अड्डामै हवाई हमला

सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता