रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत | Khabarhub Khabarhub

रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रोम- भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति भएको हो ।

दुई मन्त्रीहरुबीच रक्षा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्ने विषयमा सहमति भएको भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

दुई मन्त्रीबीच भएको छलफलमा रक्षा साझेदारी, प्रशिक्षण कार्यक्रम, सूचना आदान प्रदान, संयुक्त नौसैनिक अभ्यासजस्ता क्षेत्रमा हातेमालो गर्ने सहमति बनेको छ ।

त्यसबाहेक दुई मन्त्रीबीच रक्षा उद्योगका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति बनेको छ ।

मन्त्रीहरुबीच दुई मुलुकबीच द्विपक्षीय सहकार्य, सुरक्षा एवम् रक्षा नीति, शोध एवम् विकास साझेदारी, सैन्य शिक्षाजस्ता क्षेत्रमा पनि सहकार्य गर्न सहमति जुटेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ

धनुषा – राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा

फेवातालबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति

पोखरा- फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४

जमानतदातालाई कालोसूचीमा राख्नुअघि ९० दिनको म्याद दिनुपर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा

खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता

युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता

जेरुसलेम- यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले