रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत « Khabarhub

रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रोम- भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति भएको हो ।

दुई मन्त्रीहरुबीच रक्षा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्ने विषयमा सहमति भएको भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

दुई मन्त्रीबीच भएको छलफलमा रक्षा साझेदारी, प्रशिक्षण कार्यक्रम, सूचना आदान प्रदान, संयुक्त नौसैनिक अभ्यासजस्ता क्षेत्रमा हातेमालो गर्ने सहमति बनेको छ ।

त्यसबाहेक दुई मन्त्रीबीच रक्षा उद्योगका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति बनेको छ ।

मन्त्रीहरुबीच दुई मुलुकबीच द्विपक्षीय सहकार्य, सुरक्षा एवम् रक्षा नीति, शोध एवम् विकास साझेदारी, सैन्य शिक्षाजस्ता क्षेत्रमा पनि सहकार्य गर्न सहमति जुटेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक