देश/प्रदेश

पानीका भाँडा किन खाली राख्नु हुँदैन ? 

By खबरहब

November 20, 2023

पानीका भाँडा करुवा, गाग्री, कलश, बाल्टी, लगायत खाली राख्नु हुँदैन भन्ने मान्यता छ । बुढापाकाले पनि बेलुका पानीका भाडा भरेर मात्र सुत्नु पर्छ भन्ने गरेको सुन्दै आएका छौँ ।

बिहान उठ्ना साथ पानीका खाली भाँडा देख्दा धेरैले आजको दिन राम्रो नहुने भयो वा मेरो मुड खराब भयो भन्ने पनि गर्छन् ।

राति सुत्नु अघि घरमा नियमित रुपमा पानी राख्ने भाँडाहरू भरेर सुत्नु राम्रो हुने धार्मिक मान्यता रहेको छ । पानीका भाँडाहरू खाली राखेर सुत्दा घरमा धनकी देवी लक्ष्मीको बास हुँदैन भनिन्छ ।

भगवानको कृपा पाउनका लागि पानीको भाँडो सधैँ भरी राखी गंगाजल र तुलसीको पात सधैँ पूजाको पानीको भाँडामा राख्दा भगवानको कृपा सधैँ रहन्छ र घरमा सुख–समृद्धि आउने शास्त्रीय मान्यता रहेको छ ।

वास्तुशास्त्रअनुसार बाथरुममा पानीका भाडा वा खाली बाल्टी राख्दा घरमा नकारात्मक ऊर्जा प्रवेश गर्छ ।