प्रधानमन्त्रीले आज अर्थतन्त्रका विषयमा छलफल गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्रीले आज अर्थतन्त्रका विषयमा छलफल गर्दै


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विषयमा छलफल गर्न आज बैठक आह्वान गरेका छन् ।

बैठकमा अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अर्थतन्त्र सुधारका लागि अहिलेको अवस्थामा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै बैठकमा सरकारले गरेका प्रतिबद्धता, त्यसको परिणाम, निजी क्षेत्रका सवाल, अन्तर निकायमा देखिएको समन्वयको अभाव लगायत विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।  

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ०६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ