खरायो पालनमा युवाको आकर्षण बढ्दो  « Khabarhub

खरायो पालनमा युवाको आकर्षण बढ्दो 


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँका महिला  पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । 

स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले मनग्ये आम्दानी गर्ने गरेको बताए। सिङ्गो गाउँका महिला आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिमदेखि विभिन्न पेश व्यावसायिकता लागेका छन् । सबैभन्दा सहज र राम्रो आम्दानीको माध्यम भनेको खरायो पालन हो । स्थानीय सरकारबाट दिएको सीपमूलक तालिमबाट व्यवसायी बन्न सहज भएको छ । प्रति खरायो पाँच सयमा बिक्री हुने गरेको रारा गाउँका खरायो पालक किसान मुना रावतको भनाइ छ । 

तिलाका नौ वटै वडाका महिलालाई दिगोपन तालिम सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी आयआर्जनका तालिम सञ्चालन गरिने तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिएका छन् ।  

यहाँको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी उत्पादन गरेर बिक्री वितरण गर्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । सो गाउँलाई खरायोको गाउँ भनेर पनि चिन्छन् ।

 हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि हुने गरेको छ । सो गाउँका ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर रु तीन हजारमा बिक्री हुने गरेको छ । रोकाया गाउँमै एक नमूना खरायो पालक किसान हुन् । विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा आठ वटा टोपी तयार हुने गरेको छ । यसबाट महिनामा न्यूनतम रु २५ हजार आम्दानी हुने गरेको खरायो पालक किसान रोकायाले बताए । 

गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलङ्गामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी कर्मचारीदेखि ठूला व्यापारीलाई खरायोको टोपीले स्वागत गरिन्छ । जिल्लामा बुनेको खरायोको टोपी देशका उच्च तहका राजनीतिक दलका नेताले समेत लगाएको यहाँका खरायो पालक किसान बताउँछन् । 

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर रु पाँच लाख बचत गरेको किसान विष्णु रोकायाले जानकारी दिएका छन् । 

खरायोको टोपी आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा पर्ने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए। एउटा खरायोको टोपीको मूल्य रु तीन हजारदेखि पाँच हजारसम्म रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जनाएको छ । 

खरायो टोपीको माग सबैतिर छ, मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ । सबैभन्दा बढी सुर्खेत, नेपालगञ्ज, काठमाडौँमा खरायोको टोपीको माग हुने गरेको रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाको भनाइ छ । 

.

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा