माइतीघरमा ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरको प्रदर्शन (तस्विरहरु) « Khabarhub

माइतीघरमा ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरको प्रदर्शन (तस्विरहरु)


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरहरुले प्रतिबन्धको विरुद्धमा सोमबार माइतघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले टिकटक बन्द गर्न नहुने १२ बुँदे तर्क राख्दै माइतीघरमा जम्मा भएर सरकारलाई दबाब दिएका हुन् । 

साइबर क्राइममा टिकटक सात प्रतिशतमात्रै हिस्सेदार भएकोले नियमनको सट्टा प्रतिबन्धले कन्टेन्ट क्रिएटरको अधिकार खोसिएको टिकटकरहरुको तर्क छ । साइबर क्राइममा ८० प्रतिशत हिस्सेदार फेसबुक बन्द नगरी टिकटक बन्द गर्नु तर्कसंगत नभएको उनीहरुको भनाइ छ । 

प्रदर्शनमा सयौँको सङ्ख्यामा सामाजिक कन्टेन्ट क्रिएटर र टिकटकमार्फत व्यवसाय प्रवर्द्धन गर्दै आएका व्यवसायीहरू सहभागी थिए । कमेडी भिडियो बनाएर चर्चामा आएका टिकटकर मनोज खत्री भन्छन्, ‘हामीले कमेडी भिडियो बनाउँदै केही समयमा मानवीय रुचिका कन्टेन्ट बनाउँथ्यौं । तीनको प्रभाव राम्रो भएकाले सरकारले आफ्नो गल्ती ढाक छोप गर्न टिकटकमा प्रतिबन्ध लगायो । मेरो राष्ट्रपतिले दिएको आममाफीको विवादित विषयको कन्टेन्टको प्रभाव राम्रो थियो ।’

यस्तै विषयमा सरकारको कमजोरी र टिकटकको प्रभावलाई सरकारले थेग्न नसकेकाले प्रतिबन्ध लगाएको खत्रीको आरोप छ । प्रदर्शनमा उनीहरूले मेरो अधिकार खोइ, देशमै गरिखान देउ, टिकटक बन्द होइन सरकार भ्रष्टाचार बन्द गर, सर्वोच्च अदालत कहाँ छ?, टिकटक प्रतिबन्ध खारेज गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

टिकटक प्रतिबन्ध खारेज नभए अनिश्चितकालसम्म आफ्नो आन्दोलनलाई निरन्तरता दिने उनीहरूले चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ३८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण