बाफबाट खाना पकाउने प्रविधि प्रभावकारी | Khabarhub Khabarhub

बाफबाट खाना पकाउने प्रविधि प्रभावकारी


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले बाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो ।

विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिए । ‘दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेका छौँ,’ उनले भने, ‘पन्ध्र–बीस मिनेटमै सबैलाई पुग्ने खाना तयार हुन्छ । यसमा खाजा तथा चिया पकाउन पनि सजिलो छ ।’

फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने बाफलाई अर्को कोठामा रहेका भाडामा पुर्‍याउने संरचना जडान भएको तुलाचनले बताए। उनले ३०र३० लिटर क्षमताका भाडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको बताए।

भट्टिबाट फलामको पाइपलाइनमा आपूर्ति गरिने तातो बाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले जानकारी दिए। उनका अनुसार आवश्यक परेको भाडामा अनुकूल समयमा बाफआपूर्ति गराउने र पकाउन सकिन्छ ।

‘आगोको चुलोेमा पकाउँदा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ । ग्यासमा पकाउँदा खर्च धेरै लाग्ने गर्छ’, तुलाचनले भने, ‘ १२ देखि १३ लाखको लागतमा बापबाट खाना पकाउने प्रविधि जडान गर्न सकिन्छ । यसबाट दाउराको खपत घट्नुका साथै समयको बचत भएको छ ।’

पद्मसम्भव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा तीन सय विद्यार्थी, शिक्षक, कर्मचारीलाई खाने बस्नेसहित आवास सुविधाको व्यवस्था मिलाइएको छ ।

 कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित अध्यापन गराइने विद्यालयमा हाल नेपाल र भारतका गरी दुई सय १५ विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक तुलाचनले जानकारी दिए। उनका अनुसार विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीलाई लक्षित गरेर विसं २०६७ मा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले दुई वर्षअघिदेखि मात्रै माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागिता जनाउन थालेका हुन् ।

‘नेपाल सरकारद्वारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक बौद्ध शिक्षा पनि प्रदान गरेका छौँ’, प्रअ तुलाचनले भने, ‘यहाँका विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास, भोजन, पोसाक लगायतको सुविधा प्रदान गरेका छौँ । पछिल्लो दुई वर्षमा एसइई परीक्षाको औसतमा नतिजा सन्तोषजनक नै छ ।’

हाल छात्र मात्र रहेको विद्यालयमा समुदायको मागअनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले जानकारी दिए। उनका अनुसार पहिलो वर्ष ३० जना छात्रालाई भर्ना गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १ : २१ बजे

सन्दीपलाई सफाइप्रति मोहनाको आपत्ति, अदालतको निर्णयमा उठाइन् प्रश्न

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने पाटन उच्च

जसपा विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं-जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु