लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा « Khabarhub

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

मुम्बईको शानदार जितमा रिकेल्टनको विष्फोटक ब्याटिङ


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ खेलमा लखनऊ सुपर जायन्ट्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति घरेलु मैदान वाङ्खेडेमा भएको उच्च स्कोरको खेलमा मुम्बईले २ सय २९ रनको विशाल लक्ष्य ८ बल बाँकी छँदै पूरा गरेको हो ।

मुम्बईको जितमा ओपनर र्यान रिकेल्टन नायक बने । उनले मात्र ३२ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेल्दै टोलीको जितको आधार तय गरे । रिकेल्टनले आफ्नो इनिङ्समा चौका र छक्काको वर्षा गर्दै लखनउका बलरलाई दबाबमा राखेका थिए । उनी ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रनको बलियो योगफल खडा गरेको थियो ।

मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर २ सय २९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ४४ बलमा ८४ रनको आक्रामक अर्धशतकीय पारी खेले । मुम्बईका लागि रिकेल्टन र रोहितले पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरेका थिए ।

यो जितसँगै १० खेल खेलेको मुम्बईले ६ अंक बनाएको छ । तालिकाको पुछारमा रहेको लखनउ भने नौ खेल खेल्दा चार अंकमा सीमित छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ६ : १९ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम