एकदिवसीय विश्वकप २०२७ : फरक संरचना भिन्न शैली « Khabarhub

एकदिवसीय विश्वकप २०२७ : फरक संरचना भिन्न शैली


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसी विश्वकप २०२३ सकियो । भारतमा आयोजना भएको यो विश्वकपमा आयोजकलाई हराउँदै अस्ट्रेलियाले कीर्तिमानी छैटौं पटक उपाधि जित्यो ।

क्रिकेट पे्रमिहरुका लागि अब सन् २०२७ मा हुने विश्वकपका बारेमा चासो लाग्न सक्छ । आउँदो एकदिवसीय विश्वकप अहिलेको भन्दा केही फरक शैलीमा आयोजना हुनेछ ।

यो विश्वकपमा १० राष्ट्रले मात्र सहभागीता जनाएका थिए । तर, आउँदो विश्वकपमा १४ राष्ट्रले खेल्नेछन् । दक्षिण अफ्रिका, जिम्बावे र नामिबिया तीन राष्ट्रले आयोजना गर्न लागेको यो विश्वकपमा नामिबिया आयोजकको रुपमा डेब्यू गर्नेछ । दक्षिण अफ्रिका र जिम्बावेले भने सन् २००३ को विश्वकप आयोजना गरेका थिए ।

आउँदो विश्वकपमा दक्षिण अफ्रिका र जिम्बावे आयोजकका हैसियतमा विश्वकप खेल्ने पक्का भएपनि नामिबिया विश्वकप खेल्ने निश्चित भइसकेको छैन् । आईसीसीको एसोसिएट राष्ट्र भएका कारण नामिबिया आयोजकका हैसियतामा छनोट हुने नहुने अहिले नै निश्चित भएको छैन् । नामिबियाले विश्वकप छनोट प्रकृया पार गरेपछि मात्रै खेल्न पाउने छ अन्यथा आयोजक भएपनि नामिबिया विश्वकप बाहिर रहनसक्नेछ ।

आउँदो विश्वकपमा आयोजकको हैसियतले २ राष्ट्र छनोट हुँदा आईसीसीको शीर्ष वरियतामा रहने ८ राष्ट्र पनि स्वतः छनोट हुनेछन् । बाँकी ४ राष्ट्रले विश्वकप छनोटका विभिन्न चरण पार गरेपछि मात्रै विश्वकपमा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : ०५ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका