संरक्षणको पर्खाइमा 'गोल्मा दरबार' | Khabarhub Khabarhub

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रौतहट–  रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ । 

उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ । 

सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थवीरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजारानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विकस्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरु देखिन्छ भने वन जङ्गलभित्र बेल र पारिजातलगायतको फूलहरु छन् । 

दरबार भग्नावशेष अवस्थामा छ भने २०११ सालतिर मानवबस्तीको बिस्तारसँगै दरबारको ईट्टा स्थानीयले लगेर घरसमेत बनाएका खुलेको छ । शेनबंशीय राजा गोल्माको दरबार रहेको खुलेसँगै अहिले स्थानीयले जीर्णोद्वारमा जोड दिएका छ । उक्त क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको हो । 

स्थानीयको श्रमदानबाट टुँडिखेलसम्म पुग्ने बाटो निर्माण गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको सहयोगमा कुटीको निर्माण गरिएको छ । यस क्षेत्रको विकास र प्रवर्द्धन गर्न सके धार्मिक तथा पर्यटकीय गन्तव्य हुन सक्ने चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्लेको अपेक्षा छ । उनले शेनबंशीय राजा गोल्मा राजारानीको दरबारको जीर्णोद्धार र टुँडिखेललाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए । 

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले गोल्मराजाको दरबारको संरक्षणमा सबै जुटनुपर्ने बताए । भग्नाबशेष रहेको दरबारको जीर्णोदार गरी ईतिहासलाई जीवन्त राख्नुपर्ने सामुदायिक वन उपभोक्ता समूह जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष बेदहरी दाहाल बताउँछन् । 

चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट ५०० मिटरको ओरालो र उकालोको दूरीमा गोल्मा राजारानीको भग्नाबशेष दरबार पुगिन्छ । दरबार क्षेत्रमा भेटिएका गोल्की पैसा, जाँतो, तरबारलगायतका सामान स्थानीयसँग अझै सुरक्षित छ । दरबार रहेको स्थानमा अझै त्यस बेलाको ईट्टा, काटिएका ढुंगा छन् । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : २८ बजे

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको

घरिघरि हर्क साम्पाङलाई के हुन्छ ? : अध्यक्ष प्रचण्ड

धरान- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरानका

‘गभर्नर नियुक्तिमा ढिलाइ भयो, चाँडो गरौं’

काठमाडौं – पर्वतका जननिर्वाचित सांसद पदम गिरी पूर्वकानूनमन्त्री एवं नेकपा

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रतिनिधि