विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन « Khabarhub

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

प्रवक्ता भोला दाहालले विज्ञप्ति जारी गर्दै अख्तियारले विशेष अदालतले विभिन्न मितिमा गरेका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी दुई वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएका हुन् ।

शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रतिवादी कर्णबहादुर विष्टले ट्याक्टर खरिदबापत १२ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यसबारे विशेष अदालतले २०७९ साल चैत २८ गते फैसला गर्दै प्रतिवादी विष्टलाई २ वर्ष ६ महिना कैद र कसूर कायम भएको बिगो बमोजिमको रकम ११ लाख ४१ हजार ७४ रुपैयाँ जरिवाना तथा नोक्सानीको बिगो निज प्रतिवादीबाट असुल उपर हुने ठहरी फैसला भएको थियो । रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नवराज जोशीसहितको सो मुद्दा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

यस्तै, झुट्टा ब्यहोराको गलत प्रतिवेदन दिई सात लाख ८४ हजार ४४६ रुपैयाँ सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी छेवाङ लामा, बोधनाथ उप्रेती र निर्मल लामा स्याङ्तानसहित तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : ५२ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि