विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन | Khabarhub Khabarhub

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

प्रवक्ता भोला दाहालले विज्ञप्ति जारी गर्दै अख्तियारले विशेष अदालतले विभिन्न मितिमा गरेका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी दुई वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएका हुन् ।

शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रतिवादी कर्णबहादुर विष्टले ट्याक्टर खरिदबापत १२ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यसबारे विशेष अदालतले २०७९ साल चैत २८ गते फैसला गर्दै प्रतिवादी विष्टलाई २ वर्ष ६ महिना कैद र कसूर कायम भएको बिगो बमोजिमको रकम ११ लाख ४१ हजार ७४ रुपैयाँ जरिवाना तथा नोक्सानीको बिगो निज प्रतिवादीबाट असुल उपर हुने ठहरी फैसला भएको थियो । रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नवराज जोशीसहितको सो मुद्दा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

यस्तै, झुट्टा ब्यहोराको गलत प्रतिवेदन दिई सात लाख ८४ हजार ४४६ रुपैयाँ सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी छेवाङ लामा, बोधनाथ उप्रेती र निर्मल लामा स्याङ्तानसहित तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : ५२ बजे

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा