विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज मंसिर ४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो

इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट ल्याइपु¥याइएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलले उक्त अस्पतालको मुनि सुरुङमा हमासको अखडा रहेको हुनसक्ने भन्दै अस्पताल खाली गर्न निर्देशन दिएपछि विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले आइतबार ‘डेथ जोन’ को संज्ञा दिएको अल–शिफा अस्पतालबाट ती शिशुलाई उद्धार गरी इजिप्ट ल्याएको हो ।

इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन् । सुरुमा ३१ जना बच्चालाई अल–शिफाबाट गाजाको अर्को क्लिनिकमा लगिएको र २९ जना मात्र इजिप्ट किन आए भन्ने बारे तत्काल स्पष्ट हुन सकेको छैन ।

अल काहेरा न्यूजका अनुसार सोमबार स्थानान्तरण गरिएका शिशुलाई ‘ब्याबी इन्क्युबेटर’मा राखिएको छ । यसैबचि गाजा पट्टीबाट ४५ किलोमिटर पश्चिममा रहेको एल अरिश अस्पतालमा पु¥्याइएका सबै शिशुको उपचार हुन नसक्ने एक चिकित्सकीय स्रोतले एएफपीलाई बताएको छ ।

“एल अरिश अस्पतालमा पर्याप्त ‘इन्क्युबेटर’ छैनन् र केही बच्चालाई इस्माइलिया वा कायरोमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ,” स्रोतले भनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले संयुक्त राष्ट्रसङ्घ र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको संयुक्त पहलमा ३१ शिशुलाई सारिएको बताएका छन् ।

रेड क्रिसेन्टले भनेको छ, “चिकित्सकीय सामग्रीको अभाव र अल–शिफा अस्पतालमा सङ्क्रमण नियन्त्रणका उपायहरू जारी राख्न असम्भव भएका कारण सबै बच्चाहरू गम्भीर सङ्क्रमणसँग लडिरहेका छन् ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले कुनै पनि शिशु परिवारका सदस्यसँग नरहेको डब्लुएचओले प्रारम्भिक उद्धारका क्रममा जनाएको छ ।

यमनका विद्रोहीद्वारा इजरायली व्यापारीको स्वामित्वमा रहेको पानीजहाज कब्जा
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उनीहरूले लाल सागरमा एक इजरायली व्यवसायीको स्वामित्वमा रहेको पानीजहाज कब्जा गरी यमनको तटमा पुर्‍याएको बताएका छन् । उक्त पानीजहाजको सञ्चालन एक जापानी फर्मले गरेकाले टोक्योले हस्तक्षेप गरी विद्रोहीहरूसँग ‘सिधा’ सम्पर्क गर्नुपरेको छ । गाजापट्टीमा हमाससँग इजराइलको युद्धलाई लिएर विद्रोही समूहले जलमार्गमा इजरायली जहाजहरूलाई निशाना बनाउने धम्की दिएको केही दिनपछि उक्त जहाज कब्जामा परेको हो ।

हुथीका सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समा विद्रोहीहरूले एक इजरायली जहाजलाई कब्जामा लिएर यमनी तटमा पुर्‍याएको जानकारी दिएका छन् । जापानका विदेशमन्त्री योको कामिकावाले भने, ‘टोक्योले इजरायलसँग कुराकानी गरिरहेको छ, हुथीसँग सिधा सम्पर्क गर्नुका साथै जहाज र चालक दलका सदस्यहरूलाई शीघ्र रिहाइका लागि हुथीहरूसँग दृढतापूर्वक आग्रह गर्न हामीले साउदी अरब, ओमान, इरान र अन्य सम्बन्धित मुलुकहरूलाई पनि आग्रह गरिरहेका छौँ ।’ इजरायल, जापान र अमेरिकाले जहाज कब्जाको निन्दा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले जहाजको स्वामित्व एक ब्रिटिश कम्पनीसँग रहेको र जापानी फर्मले सञ्चालन गरेको जानकारी दिएको छ । जापानको एनवाइके लाइन नामले पनि चिनिने निप्पोन युसेनले आफूले बहमास–ध्वजाङ्कित ग्यालेक्सी लिडर सञ्चालन गरेको पुष्टि गरेको छ । “हामीले कम्पनीबाट चार्टर गरेको कार वाहक ग्यालेक्सी लिडरलाई होदेइदा तट नजिकै यात्रा गर्दा कब्जा गरिएको सूचना बेलायतको ग्यालेक्सी मेरिटाइमबाट पाएका थियौँ”, निप्पोन युसेनले भनेको छ ।

उसले सूचनाहरू सङ्कलन गर्न र २५ सदस्यीय चालक दलको सुरक्षा सुनिश्चित गर्न एउटा कार्यदल गठन गरिएको जानकारी दिएको छ । ‘जबसम्म गाजाविरुद्ध आक्रामकता बन्द हुँदैन र गाजा तथा पश्चिम किनारमा हाम्रा प्यालेस्टाइनी दाजुभाइविरुद्ध भयानक अपराध बन्द हुँदैन तबसम्म हुथी सेनाले इजरायली दुश्मनविरुद्ध सैन्य कारबाही जारी राख्नेछ’, हुथीका सैन्य प्रवक्ता याह्या सारीले भने ।

हुथीहरूले एउटा व्यापारिक जहाज कब्जामा लिएको र त्यसलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको तटीय सहर होदेइदास्थित सलिफ बन्दरगाहमा लगेको एक यमनी समुद्री स्रोतले बताएको छ । इजरायली सेनाले एक्समा भनेको छ, ‘हुथीले एउटा मालवाहक जहाज अपहरण गरेको छ, विश्वव्यापी परिणामको यो एउटा गम्भीर घटना हो ।’

उसले उक्त जहाज टर्कीबाट भारतका लागि प्रस्थान गरेको र जहाजमा विभिन्न मुलुकका नागरिक सवार भए पनि इजरायली नागरिक नरहेको बताएको छ । उसले उक्त जहाज इजरायली नभएकोमा पनि जोड दिएको छ ।

भारतको उत्तराखण्डमा ९ दिनदेखि सुरुङमा फसेका ४१ जनाको उद्धारका लागि सङ्घर्ष जारी
भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् । सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् ।

निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर ९करिब तीन फिट० चौडाइ भएको स्टिलको पाइप तेर्सो रूपमा लैजाने प्रयास गरिरहेका छन् ।

उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।

उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन् । “हरम्भव प्रयास भइरहेको छ”, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार एक विज्ञप्तिमा भने, “सुरुङभित्र फसेका कामदार सुरक्षित छन् ।” उनले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको जानकारी दिए । वरिष्ठ स्थानीय निजामती कर्मचारी अभिषेक रुहेलाले नयाँ ड्रिलिङ साइटसम्मको ट्र्याक तीन–चौथाइ बनाइएको जानकारी दिए ।

“सुरुङमाथि ड्रिलिङको काम भइरहेको छ, एक हजार दुई सय मिटर लामो सुरुङमध्ये नौ सय मिटरसम्म काम भइसकेको छ ।” उनले भने । सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि साँघुरो पाइपबाट पठाइरहेका छन् । कामदारहरूलाई ठूलो प्याकेटमा खाना पठाउने योजनासमेत बनाइएको छ ।

सुरुङको मुखमा रहेको स्थानीय देवता बौखनागको मूल मन्दिर निर्माणका क्रममा सारिएको भन्दै गाउँलेहरूले हिन्दू मन्दिर स्थापना गरेका छन् । उनीहरूले सुरुङको मुखमा रहेको मन्दिर भत्किएका कारण सुरुङ भत्किएको दोष दिएका छन् ।

उक्त सुरुङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।

फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान सोमबार गाजा पुग्यो

इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलो पटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान सोमबार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भने, “अक्टोबर ७ पछि प्रत्येक दिन सयौं घाइतेहरूको आगमन र हवार्ई आक्रामक जारी छ । घाइते र बिरामीहरूलाई लिनको लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।

गाजामा करिब ३० हजार घाइते व्यक्तिहरूले उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा मृत्यु हुनेको सङ्ख्या १३ हजार नाघेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो जसमा अधिकांश सर्वसाधारण पनि थिए भने करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

हप्तौंदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका अधिकांश अस्पतालले काम गर्न छाडेका छन् ।

गाजास्थित ‘मेडिकल एड’का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताए।
जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायतालिएर गाजा पुगेको थियो ।

इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेष्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

गाजाको ‘क्रसिङ अथोरिटी’का प्रमुख हिशाम अद्वानले कुवेतबाट छ वटा एम्बुलेन्स पनि सोमबार गाजा प्रवेश गरेको जानकारी दिए।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ५९ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर