चीन–फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति सीको आग्रह « Khabarhub

चीन–फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति सीको आग्रह


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिन फिङले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग चीन–फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आह्वान गरेका छन् ।

सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइँदै गर्दाको पूर्वसन्ध्यामा दुवै पक्षले इतिहासका विभिन्न कालखण्डका आवश्यकतालाई बुझेर मौलिक नियतमा अडिग रहनुपर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्ने राष्ट्रपति सीको धारणा छ ।

समकक्षी म्याक्रोनसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले चीन–फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याभउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति सीले चिनियाँ बजारमा फ्रान्सेली उत्पादनको बढ्दो अवस्थामा रहेकोमा चीन खुसी रहेको भन्दै चीनमा फ्रान्सेली उद्यमहरूको थप लगानीलाई स्वागत गर्ने बताए ।

टेलिफोन वार्तामा उनले फ्रान्समा चिनियाँ उद्यमहरूको लगानीका लागि फ्रान्सले निष्पक्ष र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउने आशा पनि चीनले लिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ३२ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट