भूकम्पप्रभावित नागरिकको जीवनरक्षा गर्न एमालेको माग | Khabarhub Khabarhub

भूकम्पप्रभावित नागरिकको जीवनरक्षा गर्न एमालेको माग


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ ।

सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको एमालेले जनाएको छ ।

यसैगरी एमालेले भूकम्पपीडितहरुको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नका लागि भूकम्पप्रभावित क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयम्सेवक टोली खटाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ४२ बजे

शेयर बजार राताम्य, ५१ अंकले घट्यो नेप्से 

काठमाडौं– सोमबार शेयर बजारमा पहिरो गएको छ। आज नेपाल स्टक

पाकिस्तानलाई हराउँदै नेपाल एसिया कपको सुपर ४ मा 

काठमाडौं – मलेसियामा जारी अन्डर -१९ महिला एसिया कप क्रिकेट

माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न

भोजपुर– हिन्दु, बौद्ध र किराँत धर्मको संगमस्थल अरुण बहुउद्देश्यीय आध्यात्मिक

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौं – नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण

काठमाडौं –सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट