कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने « Khabarhub

कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ ।

कांग्रेस पदाधिकारीको आज बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा भूकम्पप्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि हालै फर्कनुभएका कांग्रेस उपसभापति तथा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टीका महामन्त्री गगनकुमार थापाले प्रभावित क्षेत्रको बस्तुस्थितिबारे जानकारी गराएका थिए ।

कांग्रेसले सो क्षेत्रमा तत्काल टहरा बनाउनका लागि जनशक्ति कमी देखिने भएपछि पार्टीमा आबद्ध इञ्जिनियर, ओभरसियर, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल सम्मिलित संयुक्त टोली पठाउने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । कांग्रेसले तत्काल १०÷१० जना रहेको २५ टोली प्रभावित क्षेत्रमा तत्काल पठाउने जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५२ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको