देउसीभैलोको रकम भूकम्पपीडितलाई « Khabarhub

देउसीभैलोको रकम भूकम्पपीडितलाई


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम भूकम्पपीडितलाई सहयोग गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलित रु १० हजार ५५ संस्थाले जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरेको हो ।

भूकम्प प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भए पनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको भौचर आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ ।

टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सामाजिक काममा सहयोग गर्नु सकारात्मक रहेको संस्थाका सल्लाहकार श्रीराम कार्कीले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।