विदेशी महिला र बालबालिकाको संरक्षण गर्न पाकिस्तानलाई राष्ट्रसंघको आग्रह « Khabarhub

विदेशी महिला र बालबालिकाको संरक्षण गर्न पाकिस्तानलाई राष्ट्रसंघको आग्रह


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- संयुक्त राष्ट्रसंघले विदेशी महिला तथा बालबालिकाको संरक्षण गर्न पाकिस्तानसँग आग्रह गरेको छ ।

पाकिस्तानले आफ्नो मुलुकमा रहेका विदेशी नागरिकलाई देश निकाला गर्न थालेपछि राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआर, राष्ट्रसंघीय आप्रवासन निकाय आईओएम र राष्ट्रसंघीय बालकोष युनिसेफले पाकिस्तानलाई आफ्नो देशमा रहेका विदेशी महिला र बालबालिकाको रक्षा गर्न अपिल गरेका हुन् ।

पाकिस्तानले अवैध रुपमा रहेका विदेशी खासगरी अफगान नागरिकलाई देश निकाला गर्न थालेपछि राष्ट्रसंघीय निकायहरुले यस्तो अपिल गरेका हुन् । ती निकायहरुले पाकिस्तानबाट अफगानिस्तान जाने क्रममा महिला र बालबालिकालाई थप जोखिम हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएअनुसार ती निकायहरुले पाकिस्तानमा रहेका शरणार्थीहरु, महिला बालबालिकाहरुको रक्षाका लागि पाकिस्तानलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ३७ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का