बालश्रममा कमी ल्याउनु राज्यको दायित्व हो : घनश्याम भुसाल « Khabarhub

बालश्रममा कमी ल्याउनु राज्यको दायित्व हो : घनश्याम भुसाल


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशमा बढिरहेको बालश्रमको सङ्ख्यामा कमी ल्याउने विषय राज्यको दायित्व भएको बताएका छन् । मुलुकमा ११ लाखभन्दा धेरै बालबालिका स्कुल जानबाट वञ्चित रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकार उनीहरूप्रति संवेदनशील हुनुपर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३४औँ अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा आज आयोजित अन्तरक्रियामा महासचिव भुसालले गरिबी तथा विपन्नताका कारण उनीहरू होटल, उद्योग, निर्माणलगायत क्षेत्रमा काम गर्न बाध्य रहेको बताउँदै मुलुकमा बढिरहेका बालश्रम न्यूनीकरण गर्ने विषय राज्यको दायित्व भएको बताए ।

समाज बालबालिकाको अधिकारबारे सचेत रहनुपर्नेमा जोड दिँदै समासचिव भुसालले अभिभावक पनि उनीहरूका चिन्ता र चासो लिन जिम्मेवार बन्नुपर्ने बताए । बालअधिकारसम्बन्धी बनाइएका कानुन कार्यान्वयन गरी समाजलाई बालश्रमबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उनले भने, “हामीसँग समस्याहरू धेरै छन् । कानुन कार्यान्वयनमा हामी अब्बल बन्न सकेका छैनौँ ।”

महासचिव भुसालले अभिभावकको आर्थिक समृद्धि बिना बालअधिकारको सुनिश्चित नहुने बताउँदै बालबालिका, महिला, दलित, विपन्न, गरिबी, दलित समुदायका अधिकार रक्षाका लागि उनीहरुको परिवारलाई आर्थिक तथा सामाजिक सुरक्षा गरी बालबालिकाको अधिकारलाई पूर्णतः प्रत्याभूत गर्न सकिने उल्लेख गरे । उनले बाआमालाई राम्रो रोजगार नदिइकन बालअधिकारको कार्यान्वयन नहुने बताउँदै कानुनको प्रभावकारी कार्यान्वयन गर्न राज्यले आफ्नो संयन्त्रलाई बलियो बनाउने र रोजगारी सृजना गर्नुपर्नेमा जोड दिए ।

महासचिव भुसालले आफ्नो पार्टीले रोजगार, सुशासन, समृद्धिलगायत विषयलाई लिएर आगामी १० वर्षीय रणनीति तय गरेको जानकारी दिँदै त्यसले बालअधिकारको रक्षा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। बालबालिकाको अधिकार रक्षार्थ विश्वमा धेरै प्रकारका सङ्घसंस्थाले ठूलो लगानीसमेत गरेको भए पनि पछिल्ला तथ्याङ्कहरुले विश्वभरका बालबालिकाको अवस्था भने निकै नाजुक रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार संसारभर करिब १६ करोडभन्दा धेरै बालबालिका बालश्रममा संलग्न छन् । तीमध्ये सात करोड ९० लाखभन्दा धेरै बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको जनाइएको छ । नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका ११ लाख बालबालिका अझै पनि बालश्रमको गर्न बाध्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ०५ बजे

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध