स्वर्णिम युगका सुमधुर गीत | Khabarhub Khabarhub

स्वर्णिम युगका सुमधुर गीत


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सदाबहार गीतको मतलब यही हो कि जुन गीत पुस्तौ पुस्तासम्म उत्तिकै कर्णप्रिय हुन्छ । सबैलाई उस्तै सुमधुर लाग्छ । भारतीय सिने बजारको प्रभाव नेपालमा केही पुस्ता अघिदेखि नै परेको छ । यस कारण भारतका गीत पनि नेपालमा धेरै सुनिए । अझै सुनिन्छ । भारतीय गीत कुन सबै भन्दा उत्कृष्ट भन्ने बहस साँच्चै कठिन हो । विभिन्न सञ्चार माध्यम मात्र होइन, सङ्गीत विज्ञले पनि फरक धारणा राख्ने गरेका छन् ।

सन् १९७६ मा रिलिज भएको चलचित्र कभी कभीको टाइटल गीत ‘कभी कभी मेरे दिलमे ख्याल आता हे’ अहिलेसम्म पनि उत्तिकै मन पराइन्छ । भारतका सुप्रसिद्ध प्ले ब्याक गायक मुकेशले सो गीत गाएका हुन्। सो गीतमा अमिताभ बच्चन र रेखाको अभिनय थियो । यसले संसारमा रहेका धेरैको मन जित्न सफल भएको हो ।

भारतीय गीत कुन सबै भन्दा उत्कृष्ट भन्ने बहस साँच्चै कठिन हो । विभिन्न सञ्चार माध्यम मात्र होइन, सङ्गीत विज्ञले पनि फरक धारणा राख्ने गरेका छन् ।

सन् १९६४ मा रिलिज भएको ‘ओ कौन थी’का लागि राजा मेहदी अलि खानले लेखेको ‘लग जा गले’ ले सो समयमा तहल्का नै पिटेको थियो । गीत लता मंगेसकरले गाएकी हुन् । ७० वर्ष भारतीय साङ्गीतिक क्षेत्रमा प्रभाव जमाएकी लताको हरेक गीत मन छुने खालका हुन्छन् । सो गीतमा साधनाको अभिनयले धेरैको मन जितेको हो ।

सन् १९७३ मा रिलिज भएको ‘ब्ल्याक मेल’को गीत ‘पल पल दिल के पास’ सुपर हिट गीत हो । सो गीत किशोर कुमारले गाएका थिए । प्रेम गर्ने टाढिए पनि उनीहरूले एक अर्कालाई कहिल्यै बिर्सन सक्दैनन् भन्ने मान्यता सो गीतको हो । गीतमा राखी र धर्मेन्द्रको अभिनय छ ।

सन् १९७५ मा रिलिज भएको सोले भारतीय उद्योगमा सफल फिल्म मध्ये एक हो । सो फिल्ममा अमिताभ बच्चन र धर्मेन्द्रले मित्रताको अनुपम उदाहरण पेस गरेका छन् । किशोर कुमार र मन्ना डेले गाएको ‘ए दोस्ती’ अत्यन्त लोकप्रिय गीत हो । सो गीत मित्रतामा अडिग धेरै जनाका लागि अहिले पनि आदर्श गीत हो ।

सन् १९८१ मा प्रदर्शन भएको ‘उमराहो जान’ एकदमै लोकप्रिय फिल्म हो । रेखाको अभिनय रहेको सो फिल्ममा रहेको ‘यीन आँखो के मस्ती’ गीत आशा भोसलेले गाएकी हुन् । आशाले यस गीतका लागि फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् । साहरुख खानको पनि यसमा अभिनय छ ।

दुई छिमेकीको प्रेम कहानीमा तयार गरिएको यो फिल्म साइरा बानु र सुनिल दत्तको अभिनय थियो । त्यसै फिल्मको ‘मेरे सामने वाला खिड्की मे’ बोलको गीत किशोर कुमारले गाएका थिए । सो गीत पनि त्यत्तिकै सफल भएको थियो ।

सन् १९८८ मा रिलिज भएको चलचित्र ‘तेजाब’ फिल्मको गीत ‘एक दुई तिन चार’ धेरैले मन पराएका थिए । सो गीत अमित कुमार र अल्का याग्नीकले गाएका हुन् । अभिनेत्री माधुरी दीक्षितको नृत्यका कारण सो गीत त्यस समयमा अत्यन्त चर्चामा थियो । बागी २ पनि यस गीतलाई नयाँ स्वरूपमा राखिएको छ।

दुई छिमेकीको प्रेम कहानीमा तयार गरिएको यो फिल्म साइरा बानु र सुनिल दत्तको अभिनय थियो । त्यसै फिल्मको ‘मेरे सामने वाला खिड्की मे’ बोलको गीत किशोर कुमारले गाएका थिए । सो गीत पनि त्यत्तिकै सफल भएको थियो ।

थ्रिलर फिल्म ‘ट्रेन’ को गुलाबी आँखे अलि फरक खालको गीत थियो । गीतले पनि फिल्ममा रहस्यात्मक मोडमा प्रस्तुत गरिएको छ। सन् १९७० मा रिलिज सो लोकप्रिय फिल्मको यस गीत मोहम्मद रफीले गाएका हुन् भने राजेश खन्ना र नन्दाको अभिनय छ ।

बैजन्ती माला र शम्मी कपुर अभिनीत ‘प्रिन्स’को गीत‘ ‘बदन से सितारे लपेटे हुवे’ अहिले पनि कर्णप्रिय मानिन्छ । सो गीत मोहम्मद रफीले गाएका हुन् । फिल्म सन् १९६९ मा रिलिज भएको हो ।

सन् १९८४ को फिल्म सराबी एकदमै लोकप्रिय फिल्म हो । अमिताभ बच्चन र जय प्रदाको अभिनय रहेको सो फिल्मको ‘इन्तेहा हो जाए इन्तजार की’ बोलको गीत पनि धेरैले मन पराएको गीत हो । गीत किशोर कुमार र आशा भोषलेले गाएका हुन् । यो गीत पनि फिल्म फेयर अवार्ड पाउन सफल भयो ।

बैजन्ती माला र सन्नी कपुर अभिनीत ‘प्रिन्स’को गीत‘ ‘बदन से सितारे लपेटे हुवे’ अहिले पनि कर्णप्रिय मानिन्छ । सो गीत मोहम्मद रफीले गाएका हुन् । फिल्म सन् १९६९ मा रिलिज भएको हो ।

सन् १९७८ मा रिलिज भएको फिल्म ‘डन’मा अमिताभ बच्चनको नै मुख्य भूमिका छ। सो फिल्ममा रहेको किशोर कुमारबाट गाइएको ‘खै के पान बनारसवाला’ त्यत्तिकै लोकप्रिय गीत हो । अन्जानले लेखेको यो गीत पनि फिल्म फेयर अवार्ड पाउन सफल भएको थियो ।
सन् १९६९ मा राजेश खन्ना र शर्मिला टैगोरको अन्जना ब्लकब्लस्टर फिल्मको रूपमा स्थापित भएको थियो। सोही फिल्ममा ‘मेरे सपनाको रानी कब आएकी तु’ पनि त्यत्तिकै चर्चामा रहेको गीत थियो ।

सन् १९५१ मा प्यासाको ‘सर जो तेरा चक्रे’ एकदमै चर्चामा थियो । सो साङ्गीतिक चलचित्रमा मोहम्मद रफीले स्वर दिएका थिए। सन् १९८९ मा चाँदनी एकदमै लोकप्रिय थियो । आनन्द बक्सीले लेखेको तथा लता मंगेशकरको स्वर रहेको ‘मेरे ओठो मे’ पनि लोकप्रिय भएको थियो । यसले नायिका श्रीदेवीलाई नयाँ उचाइ दिएको थियो ।

सन् १९६० को श्याम श्वेत चलचित्र मुगल ए आजमको ‘प्यार किया तो डरना क्या’ लोकप्रिय थियो । लता मंगेशकरको आवाजले गीतलाई अझ माथिल्लो उचाई दिएको थियो ।

सन् १९८१ मा अमिताभ बच्चन अभिनीत सिलसिला पनि सफल भएको थियो । त्यसमा रहेको लोकगीत ‘रङ्ग वर्षे’ पनि लोकप्रिय थियो । अमिताभ बच्चनको अभिनय रहेको सो गीत उनकै बुवा हरिवंश राय बच्चनले लेखेका हुन् ।

सन् १९८९ मा चाँदनी एकदमै लोकप्रिय थियो । आनन्द बक्सीले लेखेको तथा लता मंगेशकरको स्वर रहेको ‘मेरे ओठो मे’ पनि लोकप्रिय भएको थियो । यसले नायिका श्रीदेवीलाई नयाँ उचाइ दिएको थियो ।

चलचित्र हमको कविता कृष्णमुती र सुदेश भोसलेले गीत गाएका थिए । त्यसै फिल्मको ‘चुम्मा चुम्मा दे दे चुम्मा’ त्यस समयमा अत्यन्त चर्चामा थियो । गीतमा अमिताभ बच्चनको अभिनय थियो ।

फिल्म ‘श्री ४२०’ मा रहेको ‘मेरा जुता है जापानी’ सो समयमा अत्यन्त चर्चामा थियो । फिल्म सन् १९५५ मा रिलिज भएको हो । मुकेशले गीत गाएका थिए भने राजकपुरको अभिनय थियो । राष्ट्रवादी भावले सो गीतलाई विशेष बनाएको थियो ।

त्यसै फिल्मको ‘प्यार हुवा इकरार हुवा’ पनि त्यत्तिकै चर्चामा थियो । नर्गीसको समेत अभिनय रहेको सो गीतमा लता मंगेशकर र मन्ना डेले स्वर दिएका थिए । मोहम्मद रफिकले गाएको फिल्म दो रास्तेको ए रेसमी जुल्फे’ पनि त्यत्तिकै मन पराइएको थियो । फिल्ममा राजेश खन्ना र मुमताजको अभिनय थियो । फिल्म सन् १९६१ मा रिलिज भएको हो ।

सन् १९५० देखि १९९० को बिचको समय भारतीय फिल्म र गीति क्षेत्रमा स्वर्ण युग मान्नेको कमी छैन । परन्तु, अन्य धरैको फरक मत पनि हुनसक्छ । स्रोतः जस्ट बी वीटी

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ०१ बजे

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्