पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम « Khabarhub

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गोरखा– लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकरूलाई घरबास  सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकरूलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर खुवाउन सिकाउने उद्देश्यले गुप्सी नमूनाबस्ती सामुदायिक घरबासका सञ्चालकलाई सातदिने तालिम प्रदान गरिएको उनको भनाइ ५ ।

‘स्थानीय उत्पादनका पनि मीठा मीठा परिकार बनाएर पाहुनालाई सेवा गर्न सकिन्छ तर तालिमको अभाव समस्या हुँदै आएको थियो’, उनले भने, ‘यो तालिमबाट घरबासमा आउने पर्यटकको मन कसरी लोभ्याउने भन्ने जानकारी प्राप्त गरेका छन् ।’

तालिममा १९ जनाको सहभागिता रहेको थियो । पाहुनाका लागि स्थानीय परिकारहरुमार्फत खुशी बनाउन सके स्थानीय उत्पादनको बिक्री पनि हुने र सञ्चालकले पनि राम्रो आम्दानी गर्न सक्ने भएकाले सीपमूलक तालिम प्रदान गरिएको उनको भनाइ छ । तालिममा सहभागीहरूलाई गुप्सीपाखाको आलुका विभिन्न परिकारका बनाउन समेत सिकाइएको थियो । गुप्सीपाखाको आलु लोकप्रिय मानिन्छ ।

सहभागीलाई प्रशिक्षकहरू सुरेश बास्तोला र राजकुमार लामिछानेले तालिम प्रदान गरेका थिए । प्रशिक्षकहरूले घरबास सञ्चालकरूलाई गुणस्तरीय खानाका साथै पाहुनाका लागि बसोबास व्यवस्थापन बारेमा समेत जानकारी प्रदान गरेका थिए ।

तालिमबाट घरबासको व्यवस्थापनका साथै नीतिगत विषयमा समेत जानकारी प्राप्त गरेको गुप्सी नमूना होमस्टे सञ्चालक समितिका अध्यक्ष दलवीर गुरुङले जानकारी दिए ।

तालिम सञ्चालनका लागि गाउँपालिकाको ६४ प्रतिशत र नेपाल पर्यटन बोर्डको ३६ प्रतिशतको लागत साझेदारी रहेको थियो । तालिमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे ।

गोरखाको एक पर्यटक गन्तव्यका रुपमा रहेको लाप्राकमा रहेको एकीकृत नमूनाबस्ती हेर्न र त्यहाँको मनोरम दृश्यको अवलोकनका लागि पर्यटकहरू गुप्सीपाखा पुग्ने गर्दछन् । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको धार्चे गाउँपालिकाले घरबास प्रवर्द्धनलाई पनि जोड दिँदै आएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ०६ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट