नगरपालिकाको ब्यानर छोपिएकोमा गगन थापाले मागे माफी « Khabarhub

नगरपालिकाको ब्यानर छोपिएकोमा गगन थापाले मागे माफी


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मलेनका क्रममा तानसेन नगरपालिकाको ब्यानर छोपिएकोमा महामन्त्री गगन थापाले सार्वजनिक रुपमा माफी मागेका छन् ।

कांग्रेसले नगरपालिकाको ब्यानर छोपेर पार्टीको ब्यानर राखेको र सार्वजनिक सम्पत्तिलाई पार्टीको काममा दुरुपयोग गरेको भन्दै आलोचना भएपछि थापाले माफी मागेका हुन् ।

‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु’ महामन्त्री थापाले भनेका छन् ।

जिल्ला सम्मेलनमा भएको घटनाबारे स्पष्टीकरण दिँदै महामन्त्री थापाले भने, ‘सम्मेलनका लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो ।’

थापाले अगाडि भनेका छन्, ‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु।’

थापाले सामाजिक सञ्जालमार्फत माफी माग्दै भनेका छन्, ‘पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।’

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : २१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका