नगरपालिकाको ब्यानर छोपिएकोमा गगन थापाले मागे माफी « Khabarhub

नगरपालिकाको ब्यानर छोपिएकोमा गगन थापाले मागे माफी


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मलेनका क्रममा तानसेन नगरपालिकाको ब्यानर छोपिएकोमा महामन्त्री गगन थापाले सार्वजनिक रुपमा माफी मागेका छन् ।

कांग्रेसले नगरपालिकाको ब्यानर छोपेर पार्टीको ब्यानर राखेको र सार्वजनिक सम्पत्तिलाई पार्टीको काममा दुरुपयोग गरेको भन्दै आलोचना भएपछि थापाले माफी मागेका हुन् ।

‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु’ महामन्त्री थापाले भनेका छन् ।

जिल्ला सम्मेलनमा भएको घटनाबारे स्पष्टीकरण दिँदै महामन्त्री थापाले भने, ‘सम्मेलनका लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो ।’

थापाले अगाडि भनेका छन्, ‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु।’

थापाले सामाजिक सञ्जालमार्फत माफी माग्दै भनेका छन्, ‘पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।’

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : २१ बजे

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान