कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर « Khabarhub

कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ ।

आजबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुँदैछ । त्यसको एक दिन अगाडी संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको हो ।

शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समयदेखि शान्ति सेना फिर्ता गर्न माग गर्दै आएको थियो ।

कंगो सरकारको माग अनुसार नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले यस्तो निर्णय गरेको बताइएको छ । हाल कंगोमा रहेका १४ हजार विदेशी सेना यही वर्षको अन्तिमसम्ममा फिर्ता हुनेछन् ।

नेपालबाट पनि कंगोमा शान्ति सेना पठाउँदै आइएको थियो । हाल नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिक रहेको नेपाली सेनाले जनाएको छ ।

कंगोमा शान्ति सेना नपठाउने राष्ट्रसंघको निर्णय बारे नेपाली सेनालाई औपचारिक जानकारी भने नआएको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : २३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार