राजस्व संकलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित « Khabarhub

राजस्व संकलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’’ सर्वसम्मतले पारित गरेको छ ।

सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गरेका थिए ।

विधेयकका सम्बन्धमा सदस्य अधिकारीले उठाएको प्रश्नको जवाफमा सरकारले संविधान र संसद्को अधिकारलाई हनन गरेको जनाउँदै विशेष परिस्थितिमा सरकारले आर्थिक विधेयक ल्याउन नसक्दा वा पारित गर्न नसक्दा राजस्व संकलनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त विधेयक प्रस्तुत गरिएको बताए ।
।

त्यसअघि नेकपा (एमाले) संसदीय दलको तर्फबाट  प्रदेशसभा सदस्य निरन राईले देशको कृषि, सिँचाइ, सडक, शिक्षालय, अस्पताल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सके बसाइँसराइका समस्या समाधान हुने बताए ।

बैठकको प्रारम्भमा प्रदेशसभासदस्य किशोरचन्द्र दुलाल, खगेश्वरी पौडेल, गीता तिमल्सेना, नीरादेवी खनाल, मैया श्रेष्ठ, रामदेव यादव, रेवतीरमण भण्डारी, विनोद राई र सदानन्द मण्डलले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक पुस ६ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : १२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन