दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त, माओवादी सचिवालय बैठक बिहीबार बस्ने, सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने, जहाजको शौचालयमा नवजात शिशु फेला राष्ट्रपति, प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञा थपियो, काठमाडौँ महानगरले गर्‍यो २ वटा औषधि पसल सिललगायतका समाचारले प्रमुख स्थान पाए । 

सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

न्यायपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका हुन् ।

माओवादी सचिवालय बैठक बिहीबार बस्ने
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक स्थगित भएको छ ।

मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित गरिएको हो ।

एक वर्षे कार्यकालको समीक्षा गरेर आगामी कार्ययोजना बनाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गरेर आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका लागि बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले एक वर्षमा कति काम गर्‍यौँ, कहाँ के कति समस्या देखिए त्यसको अध्ययन गरेर आगामी योजना निर्माण गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एक वर्षमा आफूले गरेका कामको प्रधानमन्त्री रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा
श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा आज नेपाल आएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अन्य तीन संसदहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएका छन् ।

लामिछानेसहित उपसभापति तथा सांसद डोलप्रसाद अर्याल संसदहरु गणेश पराजुली र शिशिर खनालले सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् ।

जहाजको शौचालयमा नवजात शिशु फेला
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञा थपियो
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छ।

प्रशासन कार्यालयले आज बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखेको हो।

काठमाडौँ महानगरले गर्‍यो २ वटा औषधि पसल सिल
काठमाडौँ महानगरपालिकाले आज २ वटा औषधि पसलमा सिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ ।

सिलबन्दी गरिएका पसलहरूमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं। ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् ।

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध प्रदर्शन
मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलव्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी हामीले कहिले खाने, मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, लगायतका प्ले कार्य प्रदर्शन गरेका थिए ।

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : ०० बजे

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य