समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न दृढ छौँ : प्रधानसेनापति शर्मा « Khabarhub

समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न दृढ छौँ : प्रधानसेनापति शर्मा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ–तराईरमधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताएका छन् । 

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले नेपाली जनताले निकै आशा र भरोसा गरेको सामरिक महत्त्व बोकेको द्रुतमार्ग आगामी विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरी काम भइरहेको जानकारी दिए ।

प्रधानसेनापति शर्माले भने, ‘द्रुतमार्गको निर्माण नियम र कानुनको परिधिभित्र रही तयार गरिएको कार्ययोजनाअनुरूप नै पारदर्शी ढङ्गबाट काम भइरहेको छ । आर्थिक अनियमितता भएको छैन । झन्झटिला प्रक्रिया र कतिपय अव्यावहारिक कानुनले कामलाई द्रुत गतिमा अघि बढाउन बाधा पुर्‍याइरहेको छ ।’ 

द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर)स्वीकृत र वातावरण अध्ययन मूल्यांकनमा भएको बिलम्वजस्ता कार्यले समयमा कार्यसम्पादन गर्न बाधा पुगेको घटना सुनाउँदै उनले  सरोकारवाला सबैको सहयोग र समन्वयमा निर्धारित समयमै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।

एक प्रश्नको जवाफमा प्रधानसेनापति शर्माले भने , ‘प्रजातान्त्रिक मुलुकको सेनाको प्रमुखको जिम्मेवारीमा छु । सेनालाई गलत देखाउने तत्त्वले अहिले पनि सक्रिय छ । सेनाले गलतलाई कहिल्यै ठीक भन्दैन । द्रुतमार्गकै कुरा गर्नुपर्दा अहिले करिब रु १२ अर्ब सस्तोमा काम लगाइएको छ ।’

विसं २०७४ वैशाख २१ गते सेनाले द्रुतमार्ग निर्माणको जिम्मेवारी लिएको थियो । सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गको लम्बाइ डिपीआरपछि ७० दशमलव ९७७ किमी कायम भएको छ । उक्त राजमार्गमा विशिष्ट प्रकारकासहित ८९ वटा पुला रहने छन् भने दोहोरो प्रवेश भएका छ वटा सुरुङमार्ग रहने छन् । करिब रु दुई खर्ब १३ अर्बको लागत अनुमान गरिएको आयोजनाको हालसम्म वित्तीय प्रगति २९ दशमलव ४४ र भौतिक प्रगति ३२ दशमलव ६६ पुगेको छ । हालसम्म आयोजनामा करिब रु ५२ अर्ब खर्च भइसकेको सो अवसरमा जानकारी दिइयो । 

आयोजनालाई निर्धारित समयसीमाभित्र पूरा गर्न सेनाले १३ भागमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाएकामा सात स्थानमा अहिले धमाधम काम भइरहेको छ भने पाँच स्थानको ठेक्का प्रक्रिया अघि बढिरहेको छ ।  आयोजनाको प्रस्थान विन्दुका लागि छनोट भएको खोकना क्षेत्रमा जग्गा विवादसम्बन्धी समस्या कायमै रहेपछि छ विकल्पको अध्ययन भइरहेको सेनाले जानकारी दियो । करिब दुई सय ५५ मिटर अग्लासहित विशेष प्रकारकासहित ६२ वटा पुल निर्माणको ठेक्का भइसकेको जनाउँदै सेनाले बाँकीको प्रक्रिया पनि तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ । 

बैठकमा सदस्यले जनताले निकै विश्वास गरेको भरोसायोग्य संस्थाका रुपमा रहेका सेनाको व्यवस्थापनमा अघि बढेको द्रुतमार्ग निर्माण ढिलो हुने र लागत बढ्ने अवस्थाले सेनाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन नदिनेतर्फ सचेत र सजग रहन सुझाव दिए ।

उनीहरूले निर्धारित लक्ष्य हासिल गर्ने अठोटसँग कार्यप्रगति तालमेल नभएको मात्र नभई काम असाध्यै ढिलो भएको जनाउँदै द्रुतमार्गमा मनपरी र भद्रगोल देखिएको भनी आएका सूचनालाई गलत सावित गर्ने ढङ्गबाट कार्यसम्पादन र जवाफको अपेक्षा गरे ।

सेनाको स्वभाव, आचार, गुणस्तरीय कार्य सम्पादन र समयको परिपालनालाई आँकलन गरी दिइएको जिम्मेवारीमा प्रश्न नआउने गरी जिम्मेवारी पूरा गर्न सुझाव दिँदै सदस्यले गौरवमय सेनाको इतिहासलाई ध्यान दिई काम र व्यवहारले पुष्ट्याइँ गर्न सुझाव दिए ।

सेनाको पवित्रता र गरिमालाई कायम गर्दै द्रुतमार्गको जिम्मेवारीलाई समयमै पूरा गर्न सैनिक नेतृत्वलाई ध्यानाकर्षण गराउँदै सदस्यले विकटमा सडक खनेर तथा विपद्को साथीका रुपमा प्रमाणित गरेको सेना विवादमा नपरोस् भन्ने भावनालाई आत्मसात् गर्न सल्लाह दिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ५७ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट