भोजपुरका किसान सतुवा खेतीतर्फ आकर्षित « Khabarhub

भोजपुरका किसान सतुवा खेतीतर्फ आकर्षित


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

भोजपुर– राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने भएपछि लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सेपिलो क्षेत्रमा बढी फस्टाउने सतुवा खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो आवश्यक पर्ने किसानहरू बताउँछन्

टेम्केमैयुङ गाउँपालिकाको-१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका-२ हेलौँछा, षडानन्द नगरपालिका-९ किमालुङ र वडा नं-१० बोयाको माथिल्लो भेगका साथै आमचोक गाउँपालिका-४साल्पासिलिछो गाउँपालिका-४ खाटम्मा तीन सयबढी किसानले सतुवाको व्यावसायिक खेती गर्दै आएका छन् । 

एक हजार चार सय मिटर उचाइ भन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि लाभदायक मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवर्द्धक हुने व्यवसायीहरू बताउँछन् । क्यान्सर, ग्याष्ट्रिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि यसको सेवन उपयोगी हुने गरेको छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको अवस्थामा पनि यसको  प्रयोग गर्न सकिने किसानहरूको भनाइ छ । 

केही वर्षअघिसम्म प्रतिकिलो १८ देखि २२ हजारमा बिक्री हुने गरेकामा अहिले यसको मूल्यमा केही गिरावट आएर प्रतिकेजी आठदेखि दश हजारसम्म बिक्री हुने गरेको किसानहरु बताउँछन्

अहिलेको मौसम सतुवा टुसाउनका लागि उपयुक्त मानिन्छ । भदौ, असोजमा फुलेपछि यसको डाँठ मर्ने गर्दछ । जमिनमा रहेको गानो भने माघ, फागुनमा पुनः पलाउने गर्दछ । यसको गानो खनेर सुकाएपछि बिक्री गरिन्छ । एउटा बिरुवा रोपेको दुईदेखि तीन वर्षमा यो फूल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भएपनि फस्टाएको बोटले धेरै ठाड दिने गर्दछ ।

अघिल्ला वर्षको तुलनामा मूल्यमा गिरावट आएपनि किसानले अहिलेपनि खेती गरिरहेको भन्दै यो किसानहरुका लागि नगदी आम्दानीको स्रोत बनेको टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताए। ‘हाम्रो क्षेत्रमा सतुवाको व्यावसायिक खेती भइरहेको छ’, उनले भने, ‘अन्य बालीको तुलनामा आम्दानी राम्रो छ, आफूले खानपनि सतुवालाई लाभदायक मानिन्छ ।’

सतुवासँगै विष्टले व्यावसायिक रुपमा किबी खेतीसमेत गरिरहेका छन् । “व्यावसायिक रुपमा काम गर्न सके विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी लिन सकिन्छ” विष्टले भने । करिब १२ रोपनी क्षेत्रमा किबी खेती समेत गरेका विष्टको सतुवा खेतीबाट मात्रै वार्षिक चारदेखि पाँचलाखसम्म आम्दानी हुने गरेको छ । किबीले भने यस वर्षबाट मात्रै फल दिने उनको भनाइ छ । 

सतुवाको बिरुवा प्रतिगोटा २० देखि एक सय ५० रुपैयाँसम्म, सतुवाको बीउ प्रतिकजी एक लाख र गानो प्रतिकेजी दश हजारदेखि बाह्र हजारमा बिक्री हुने गरेको किसान मानबहादुर राईले जानकारी दिए। सतुवाको बीउ तथा बिरुवाको सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङलगायतका क्षेत्रमा पनि माग भएको उनले बताए । 

षडानन्द नगरपालिका-१३ भिरथाप्लाका स्थानीय किसान पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिक रुपमा नै खेती गर्दै आएको बताए। ‘सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ’ शेर्पाले भने, ‘यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ । बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ । त्यही भएर पनि पछिल्लो समय सतुवा खेतीमा किसानको आर्कषण बढेको छ ।’

यहाँ चिराइतो, सतुवा, सेतक चिनी, सेती गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बलगायत जडीबुटी पाइन्छ । ती जडीबुटी विशेष गरी भारत र चीनमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।

– युवराज विष्ट रासस

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १२ : ५६ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक