‘संसद्मा नउठ्दैमा मधेशका शहीदको सम्मान नगरेको भन्न मिल्दैन’ « Khabarhub

‘संसद्मा नउठ्दैमा मधेशका शहीदको सम्मान नगरेको भन्न मिल्दैन’


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद्मा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए ।

उक्त दिन संसद्मा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।

राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले उक्त दिन नउठ्दैमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको अर्थ लगाउन नमिल्ने बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : २६ बजे

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक