रूप फेर्ने नाममा अस्तव्यस्त बन्दै पोखराको न्युरोड « Khabarhub

रूप फेर्ने नाममा अस्तव्यस्त बन्दै पोखराको न्युरोड


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ । 

चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउँछन् । जसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन् । सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी ।

ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाएअनुरूप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । 

करिब तीन महिनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइरमा सडकबत्ती राख्ने काम सुरु गरेको जानकारी दिँदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताए ।

महानगरले बत्ती सहितको डिभाईडर काम गरिहेकाले काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहले बताए । ‘हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौँ । यसले चालकलाई कहाँबाट दाहिने, देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ’, शाहले भने । 

तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा सहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् । डिभाइडर र सडकबत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिरहेका छन् । 

सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताए।

पोखरा महानगरका इञ्जिनीयर सुरेन्द्रले पौडेलले खरिद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाखको ३० गतेसम्म म्याद भएको जानकारी दिनुभयो । उहाँका अनुसार काम तिव्र गतिमा नै भइरहेको छ ।

पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएका कारण पनि निर्माण कार्य ढिला भएको हुनसक्ने उनले बताए। निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको बताए । उनले निर्माण कार्य निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेकाले समयमा नै काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ४ : ०६ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज