सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग « Khabarhub

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । गत पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । स्थानीयस्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले राजनीतिक दल र जनप्रतिनिधिले यो विषयबारे आवाज उठाउनुपर्ने स्थानीय उमेश बूढा बताए।

हिमा, सिञ्जा र कनकासुन्दरीको केन्द्रसमेत रहेको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष धितालले बताए । सिञ्जाको गाउँसभाको निर्णय र मागपत्र सम्बन्धित निकायलाई बुझाइएको छ । मालपोत र नापी कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा तत्कालीन सांसद गजेन्द्रबहादुर महतले भूमिसुधार मन्त्रालयमा दिएको निवेदन पेस भइसकेको अध्यक्ष धितालको भनाइ छ । 

भूमिसुधार मन्त्रालयले जुम्लास्थित सर्वपक्षीय निर्णयको माग गरे अनुसार नै जिल्लामा सर्वदलीय निर्णय गरी पठाएको छ । सोही निर्णयका आधारमा भूमिसुधार मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । अर्थ मन्त्रालयले भने कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने भन्ने निर्णय गरेपछि कार्यालय स्थापनाको काम रोकिएको सिञ्जा गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ४ : ५५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी