राष्ट्रपतिद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन « Khabarhub

राष्ट्रपतिद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्चना गर्दै प्रसाद ग्रहण गरेकी छिन् । आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उनले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन्।

राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राखिन्। उनले भूकम्पले भत्किएको मन्दिरको जिर्णोद्धारको अवस्थाबारे समेत जानकारी लिइन् । चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्धारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराए ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराए । मन्दिरको मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले उनलाई टीका, फूल प्रसाद प्रदान गरे ।

नेपाली रुपैयाँ नोटमा छापिएको गरुडको छाप र चाँगुनारायण मन्दिरमा रहेको गरुडको मूर्तिको नोटमा हेरेर त्यसबारेमा राष्ट्रपति भण्डारीले जिज्ञासा राखिन् । उनले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित चाँगुनारायण सङ्ग्रहालयको समेत अनुगमन गरिन् ।

राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख हीरामणि सुवेदीलगायतले स्वागत गरेका थिए भने सबैले यहाँको ऐतिहासिक मौलिकता झल्कने सामग्री मायाको चिनोस्वरुप प्रदान गरे।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : ०१ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स