अर्घाखाँची महोत्सवलाई सबैको साझा मेला बनाउने प्रतिवद्धता | Khabarhub Khabarhub

अर्घाखाँची महोत्सवलाई सबैको साझा मेला बनाउने प्रतिवद्धता


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यही माघ ११ गतेदेखि सदरमुकाम सन्धिखर्कमा सञ्चालन हुने अर्घाखाँची महोत्सवलाई सबैको साझा उत्सवको रुपमा साझा मेला बनाउनुपर्नेमा अर्घाखाँची जिल्लाका सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन् ।

अर्घाखाँची महोत्सव मूल आयोजक समितिले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सल्लाहकार समिति तथा मूल आयोजक समितिको बैठकमा सहभागीहरूले सिंगो अर्घाखाँची जिल्लाले अपनत्व महसुस गर्नेगरी मेला सञ्चालनको माहौल बनाउन आग्रह गरेका हुन् । 

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको गच्छेघाट सम्म पुग्ने बाटो निर्माण मुख्य लक्ष्य लिएको मेलाको विषयमा छलफलको लागि चलेको बैठकमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, कार्यालय तथा संघ संस्थाका प्रतिनिधीहरुले मेला सफल बनाउनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा जिल्लामा उत्पादित कृषि तथा औद्योगिक सामग्रीहरूको प्रदर्शनीसमेत गरिने अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष एवं मूल आयोजक समितिका सहसंयोजक अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जविनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले सबैको साझा महोत्सव बनाउनका लागि आफूहरूको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनालको संकलन र अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका पाचौँ अर्घाखाँची महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : १० बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको