गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त | Khabarhub Khabarhub

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी छन् ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिएका छन्। बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका थिए । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। हाल उनले काठमाडौँमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ३३ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ